पूर्व आइजिपी खापुङमाथि 'लापरबाहीपूर्वक ज्यान मारेको' कसुरमा कारबाही गर्न सिफारिस

Author

प्रियंका दुतराज

२०८२ चैत १२, बिहिबार

25
Share
Featured

काठमाडौँ

भदौ २४ को ’जेन–जी’ आन्दोलनका क्रममा तीन जना प्रहरी कर्मचारीको निर्मम हत्या भएको घटनामा तत्कालीन प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङ मुख्य दोषी रहेको निष्कर्ष छानबिन आयोगले निकालेको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा खापुङको अदूरदर्शी निर्देशनका कारण प्रहरीको मनोबल खस्किएको र त्यसले अपूरणीय क्षति पु¥याएको उल्लेख गरिएको छ ।

आयोगले तत्कालीन आइजिपी खापुङलाई मुलुकी अपराध संहिताअनुसार ‘लापरबाहीपूर्वक काम गरी ज्यान मार्न नहुने’ कसुरमा १० वर्षसम्म कैद सजाय गर्न सिफारिस गरेको छ । २४ भदौको आन्दोलनका क्रममा काठमाडौँको महाराजगन्जमा दुई र कोटेश्वरमा एक प्रहरीको आन्दोलनकारीले निर्मम हत्या गरेका थिए भने दर्जनौँ सुरक्षाकर्मी घाइते भएका थिए ।

प्रतिवेदनअनुसार, आन्दोलन चर्किएका बेला सैनिक मुख्यालयमा बसेर तत्कालीन आइजिपी खापुङ र एआइजी दानबहादुर कार्कीले ’ब्ल्याङ्केट’ (एकमुष्ट) रूपमा थुनुवाहरू छाड्न र पछि हट्न निर्देशन दिएका थिए । आयोगको दाबी छ कि यस्तो अस्पष्ट र हतासपूर्ण आदेशले फिल्डमा खटिएका प्रहरीको मनोबल पूर्ण रूपमा गिरायो, जसका कारण प्रहरीहरू आफ्ना वृत्त, प्रभाग र चौकीहरू छाडेर भाग्न बाध्य भए ।

आयोगको प्रतिवेदनको अंश


आयोगको प्रतिवेदनमा भनिएको छ, “प्रहरी महानिरीक्षकले मातहतका इकाइहरूलाई स्पष्ट रूपमा ’ट्याक्टिकल विथड्रल’ (रणनीतिक फिर्ती) को आदेश दिनुपर्नेमा सो नगरी आत्मसमर्पणको स्थिति सिर्जना गरे । प्रहरीले प्रतिकार गर्न सक्ने अवस्था हुँदाहुँदै कम बल प्रयोग गर्न बाध्य पारियो, जसले गर्दा प्रदर्शनकारीहरूले प्रहरीको हातहतियार लुट्ने र आगजनी गर्ने मौका पाए ।“

आयोगले खापुङको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाउँदै भनेको छ कि यदि प्रहरीले आफ्नो कार्यालयमा बसेर संयमित प्रतिकार गरेको भए र हतियार लुटिने अन्तिम अवस्थामा मात्र सुरक्षित फिर्तीको रणनीति अपनाएको भए यति ठूलो धनजनको क्षति हुने थिएन । खापुङको आदेशकै कारण प्रहरीले प्रदर्शनकारीसामु घुँडा टेक्न परेको र भाद्र २४ गते नेपाली सेना परिचालन नहुन्जेलसम्म मुलुकले डर र त्रासमा बिताउनु परेको आयोगको ठहर छ ।

यो प्रतिवेदन सार्वजनिक भएसँगै तत्कालीन सुरक्षा नेतृत्वमाथि कानुनी कारबाहीको दबाब बढेको छ । प्रहरी संगठनभित्रै पनि आफ्ना कमाण्डरको गलत निर्णयका कारण सहकर्मी गुमाउनु परेको भन्दै असन्तुष्टि चुलिएको छ। अब सरकारले आयोगको यो सिफारिसलाई कसरी कार्यान्वयन गर्छ भन्नेमा सबैको चासो टिकेको छ ।

यो समाचारमा

नेपाली सेनाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...