मुख्यमन्त्री कार्यालयद्वारा स्थानीय तहलाई ताकेता

Author

सजिलो पत्रिका

२०८२ चैत ११, बुधबार

17
Share
Featured

काठमाडौँ

कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सले यहाँका स्थानीय तहहरूलाई सहिद स्मृति र जीवन निर्वाह विशेष भत्ताको विवरण र प्रतिवेदन पठाउन ताकेता गरेको छ ।

मुख्यमन्त्री कार्यालयले सशस्त्र सङ्घर्ष, जनआन्दोलन र प्रदेश प्राप्तिका लागि भएको आन्दोलनका सहिद तथा बेपत्ता परिवारका हकवालालाई सहिद स्मृति भत्ता र घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई जीवन निर्वाह विशेष भत्ता वितरण भएको आर्थिक वर्ष २०८२÷८३ साउनदेखि पुस महिनासम्मको प्रतिवेदन र माघपश्चात् असार मसान्तसम्म भत्ता प्राप्त गर्ने लाभग्रहीहरूको आवेदन सङ्कलन तथा यकिन गरेर पठाउन ताकेता गरेको हो । 

‘सहिद स्मृति भत्ता वितरण कार्यविधि २०८१’ र ‘घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि २०८१’ मा भएको व्यवस्थाबमोजिम कार्यविधिको अनुसूची १ बमोजिम माघदेखि असार मसान्तसम्म भत्ता प्राप्त गर्ने लाभग्रहीहरूको आवेदन सङ्कलन तथा एकिन गरी अनुसूची २ अनुसारको ढाँचामा लाभग्रहीको विवरण पठाउन परिपत्र गरिएको मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत लक्ष्मी कँडेलले जानकारी दिनुभयो । 

साउनदेखि पुस महिनासम्म वितरण गरिएको सहिद स्मृति तथा जीवन निर्वाह विशेष भत्ताको विवरण र प्रतिवेदन यही चैत १५ गतेभित्र पठाइसक्नुपर्ने र त्यसपछि यस कार्यालयबाट रकम निकासा गरिने कुराको जानकारी गराइएको शाखा अधिकृत कँडेलले बताउनुभयो ।

यो समाचारमा

कर्णाली प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे यो छलफल सुरु हुनेछ।बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकाल, नासा

    Data is loading...

    Loading brands...

    Loading footer...