बाग्मती प्रदेश सरकारद्वारा रु २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

Author

सजिलो पत्रिका

२०८२ चैत ०९, सोमबार

17
Share
Featured

काठमाडौँ

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ ।  

घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि फागुन सम्ममा रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन हुने लक्ष्य राखिएको थियो । यो लक्ष्यको तुलनामा ४५ दशमलव १३ प्रतिशत अर्थात् रु १३ अर्ब ९३ करोड ९७ लाख १५ हजार राजस्व सङ्कलन भएको बाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत सुरज पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार चालु आव २०८२÷८३ मा घरजग्गा रजिष्ट्रेसन शीर्षकबाट रु सात अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा पहिलो आठ महिनामा रु दुई अर्ब ५६ करोड दुई लाख चार हजार राजस्व सङ्कलन भएको छ । 

यसैगरी, प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२÷८३ मा रु आठ अर्ब २५ करोड अनुमान गरिएकामा रु चार अर्ब ४४ करोड ९३ लाख ४० हजार राजस्व सङ्कलन गरेको छ । 

यस्तै, प्रदेश सरकारले बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकामा सो अवधिसम्ममा रु पाँच अर्ब चार करोड ६५ लाख १७ हजार सङ्कलन भएको छ भने अन्तःशुल्क करबापत रु चार अर्ब तीन करोड ७९ लाख नौ हजार प्राप्त हुने अनुमान गरिएकामा रु एक अर्ब ७५ करोड तीन लाख ३६ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकामा आठ महिनाको अवधिमा त्यसको ५३ दशमलव ६० प्रतिशत अर्थात् रु सात अर्ब ९४ करोड २७ लाख ५६ हजार प्राप्त भएको अधिकृत पौडेलले बताउनुभयो ।

यस्तै, चालु आव २०८२÷८३ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट रु चार अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकामा आठ महिनाको अवधिमा लक्ष्यको ५२ दशमलव ३५ प्रतिशत अर्थात् रु दुई अर्ब ५० करोड १२ लाख १८ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद–बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायतका कारणले अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको उहाँको भनाइ छ ।

यो समाचारमा

बागमती प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...