गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधान सेनापति सिग्देलबीच भेटवार्ता

Author

सजिलो पत्रिका

२०८२ चैत ०८, आइतबार

23
Share
Featured
  • अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलबीच आज बिहान गृह मन्त्रालयमा करिब एक घण्टासम्म भेटवार्ता सम्पन्न भएको छ।
  • भेटमा मुलुकको समसामयिक सुरक्षा अवस्था र अन्य संवेदनशील विषयमा छलफल भएको अनुमान गरिएको छ, यद्यपि औपचारिक विवरण सार्वजनिक गरिएको छैन।
  • निर्वाचन नजिकिँदै गर्दा सुरक्षा निकायका प्रमुख र गृहमन्त्रीबीच भएको यो भेटलाई रणनीतिक र अर्थपूर्ण रूपमा हेरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलबीच आज बिहान भेटवार्ता भएको छ। गृह मन्त्रलयमा भएको उक्त भेटमा उनीहरूबीच करिब एक घण्टासम्म छलफल भएको थियो।

भेटका क्रममा समसामयिक विषय र मुलुकको वर्तमान सुरक्षा अवस्थाबारे कुराकानी भएको अनुमान गरिएको छ, यद्यपि छलफलका औपचारिक विषयहरू भने सार्वजनिक गरिएको छैन। मन्त्रालयका अनुसार भेटघाट अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। निर्वाचनको समय नजिकिँदै गर्दा सुरक्षा निकायका प्रमुख र गृहमन्त्रीबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यो समाचारमा

ओमप्रकाश अर्यालगृह मन्त्रलयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...