लिपुलेक नाकाबाट भारत-चीन व्यापार सुरु हुने भएपछि एमाले नेता बास्कोटाको टिप्पणी

Author

सजिलो पत्रिका

२०८२ चैत ०८, आइतबार

20
Share
Featured
  • गोकुल बास्कोटा ले लिपुलेक पास प्रयोगबारे भारतको निर्णयप्रति कडा असन्तुष्टि जनाएका छन्।
  • उनले नेपालको नक्सामा भूमि भए पनि नियन्त्रण अरूकै रहेको भन्दै नेपाल ‘दर्शक’ बन्नुपरेको टिप्पणी गरेका छन्।
  • नेपाल को विरोधका बाबजुद भारत ले व्यापारिक मार्ग खोल्न लागेको विषयमा कूटनीतिक पहलमाथि प्रश्न उठेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भारतले नेपाली भूमि लिपुलेक पास प्रयोग गरेर चीनसँगको व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने घोषणा गरेपछि नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले कडा टिप्पणी गरेका छन्। पाँच वर्षदेखि बन्द रहेको यो नाका आगामी जुन १ देखि खुलाउने भारतको तयारीप्रति बास्कोटाले सामाजिक सञ्जालमार्फत निराशा व्यक्त गरेका हुन्।

बास्कोटाले लिपुलेकको नक्सा नेपालको भए पनि नियन्त्रण अरूकै रहेको उल्लेख गर्दै दुई ठूला छिमेकीको अर्बौँ डलरको व्यापारिक योजनामा नेपाल केवल 'दर्शक' मात्र बन्नुपरेको बताएका छन्। "एक सय बीस अर्ब डलरको वार्षिक कारोबार गर्ने दुई छिमेकीको योजनाको सानो व्यापारिक नाकाको हामी छेउमा बसेर हेरिरहनुपर्ने भयो," उनले लेखेका छन्, "यस्तै हो- शक्ति र समयको संयुक्त प्रहार!"

नेपालको कडा विरोध र दाबीका बाबजुद भारतले लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने तयारी गरेपछि नेपालको कूटनीतिक पहलमाथि प्रश्न उठेको छ। बास्कोटाले यसलाई शक्ति र समयको प्रहारका रूपमा चित्रण गर्दै नेपाली भूमिको स्वामित्व र नियन्त्रणबीचको खाडलप्रति चिन्ता व्यक्त गरेका छन्।


यो समाचारमा

गोकुलप्रसाद बास्कोटाकाठमाडौँभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...