होटल र रेष्टुरेन्टमा पार्टीका कार्यक्रम नगर्न रास्वपा सांसद विश्वराज पोखरेलको आग्रह

Author

सजिलो पत्रिका

२०८२ चैत ०८, आइतबार

16
Share
Featured
  • विश्वराज पोखरेल ले पार्टीका कार्यक्रम होटल–रेष्टुरेन्टमा नगरी सादगी र मितव्ययीतामा गर्न आग्रह गरेका छन्।
  • रवि लामिछाने लाई सम्बोधन गर्दै उनले तडकभडक खर्च, फूलमाला र खादाजस्ता परम्परा घटाउन सुझाव दिएका छन्।
  • आवश्यक परे मात्र पार्टी प्यालेस प्रयोग गर्न सकिने भन्दै पार्टीको छवि जोगाउन व्यवहारिकता अपनाउनुपर्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले पार्टीका कार्यक्रमहरू होटल तथा रेष्टुरेन्टमा आयोजना नगर्न नेतृत्वलाई आग्रह गरेका छन्। ललितपुरको ग्वार्कोस्थित टुलिप होटलमा हालै सम्पन्न दुईदिने आवासीय अभिमुखीकरण कार्यक्रमको सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

सांसद पोखरेलले पार्टी सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै आगामी दिनमा हुने कार्यक्रमहरूलाई सकेसम्म साधारण र मितव्ययी बनाउनुपर्नेमा जोड दिएका छन्। उनले तडकभडकपूर्ण खर्च घटाउन र फूलमाला तथा खादाजस्ता परम्परागत स्वागत सामग्रीको प्रयोग नगर्न समेत आग्रह गरे।

काठमाडौंजस्ता स्थानमा ठूलो संख्यामा सहभागी व्यवस्थापन गर्न कठिनाइ भएमा मात्रै बाध्यात्मक अवस्थामा पार्टी प्यालेस प्रयोग गर्न सकिने तर होटल र रेष्टुरेन्टलाई प्राथमिकता दिन नहुने उनको भनाइ छ। पोखरेलले पार्टीको छवि जोगाउन सादगी र व्यवहारिकतामा जोड दिनुपर्ने उल्लेख गरेका छन्।

यो समाचारमा

प्रतिनिधि सभाराष्ट्रिय स्वतन्त्र पार्टीरवि लामिछानेकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...