सानेपामा काँग्रेस केन्द्रीय कार्यसमिति बैठक: निर्वाचन समीक्षा र सभापतिको राजीनामामाथि छलफल

Author

सजिलो पत्रिका

२०८२ चैत ०८, आइतबार

18
Share
Featured
  • गगन थापा को राजीनामा अस्वीकृत गर्न अधिकांश केन्द्रीय सदस्यहरूले दबाब दिएका छन्।
  • विश्वप्रकाश शर्मा ले निर्वाचन समीक्षा प्रतिवेदन प्रस्तुत गरेपछि छलफल जारी छ।
  • बैठकले आजै थापाको राजीनामाबारे औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा जारी छ। शुक्रबारदेखि सुरु भई आइतबार पुनः बसेको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखिरहेका छन्।

बैठकको मुख्य एजेन्डा सभापति गगन थापाले दिएको राजीनामा बनेको छ। छलफलका क्रममा अधिकांश केन्द्रीय सदस्यहरूले थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने अडान राखेका छन्। उनीहरूले सभापतिलाई पदीय दायित्वबाट नभाग्न खबरदारी गर्दै पार्टीलाई यो मोडमा नेतृत्व दिन आवश्यक रहेको बताएका छन्। आजको बैठकले थापाको राजीनामाका सम्बन्धमा औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

ललितपुरगगन थापानेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...