गगन थापाको राजीनामा अस्वीकृत, कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित

Author

सजिलो पत्रिका

२०८२ चैत ०६, शुक्रबार

13
Share
Featured
  • गगन थापा ले बुझाएको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकृत गरेको छ।
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार सुरु भए पनि आइतबारसम्म स्थगित गरिएको छ।
  • सभापति थापाले आगामी बैठकमा फेरि अध्यक्षता गर्ने व्यवस्था तय गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ। शुक्रबार सुरु भएको बैठक आइतबार बिहान ८ बजे पुनः बस्ने गरी सकिएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। आगामी बैठक पनि सभापति गगन थापाकै अध्यक्षतामा बस्ने तय भएको छ।

आजको बैठकमा सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्र प्रस्तुत गरिएको थियो। तर, बैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले थापाको राजीनामाप्रति कडा असहमति जनाएका थिए। सदस्यहरूको व्यापक विरोध र असहमतिपछि केन्द्रीय कार्यसमितिले उनको राजीनामा अस्वीकृत गरेको छ। पार्टीभित्रको आन्तरिक विषयमा थप छलफल गर्न बैठक आइतबारका लागि सारिएको हो।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...