प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

Author

सजिलो पत्रिका

२०८२ चैत ०६, शुक्रबार

19
Share
Featured

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा  दर्शन तथा पूजाआराधना गर्नुभएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आउनुभएकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो ।

त्यसअवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्नुका साथै पुष्पमाला तथा प्रसाद प्रदान गर्नुभएको थियो । मन्दिरका पुजारीबाट स्वस्तिवाचनसमेत  गरिएको थियो ।

पूजा आराधनापश्चात् प्रधाममन्त्री कार्कीले मन्दिरको परिक्रमा गरी अवलोकनका साथै आवश्यक जानकारी लिनुभएको थियो । पूजापछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले जनकपुरधाममा आफ्नो  विशुद्द धार्मिक यात्रा भएको बताउनुभयो । 

प्रधानमन्त्री कार्कीले जनकपुरधाम नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल भएको बताउनुभयो । उहाँले जनकपुरधामसहित  देशभरका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले जनकपुरधामलाई अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले अन्तरिम सरकार जनताको अपेक्षाअनुसार सुशासन, विकास र स्थायित्वका लागि केन्द्रित रहेको बताउँदै सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । 

यसअघि जनकपुरधाम जनकपुरविमानस्थलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रमुख सचिवसहित मधेस प्रदेश तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा धनुषाका प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद लुइँटेललगायतले स्वागत गर्नुभएको थियो । 

यो समाचारमा

काठमाडौँसुशीला कार्कीजनकपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...