लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’ चौथो संस्करण हुँदै

Author

सजिलो पत्रिका

२०८२ चैत ०३, मङ्गलबार

24
Share
Featured

काठमाडौँ

नेपाल ओलम्पिक कमिटी (एनओसी)को आयोजनामा चौथो लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’ हुने भएको छ । 

खेलकुदमार्फत शान्ति, एकता र दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यले विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा यही चैत ७ गते उक्त कार्यक्रम गर्न लागिएको एनओसीका उपाध्यक्ष तथा लुम्बिनी अन्तरराष्ट्रिय पिस म्याराथनका संयोजक अशोकरत्न बज्राचार्यले जानकारी दिनुभयो । 

प्रत्येक वर्ष अप्रिल ६ मा विश्वभर मनाइने विकास र शान्तिका लागि अन्तरराष्ट्रिय खेलकुद दिवसबाट लुम्बिनी पिस म्याराथन प्रेरित रहेको उहाँले बताउनुभयो ।

एनओसीले सन् २०२२ देखि म्याराथन गर्दै आएको हो । म्याराथनले उत्कृष्ट खेलाडी, धावक, युवा, आध्यात्मिक व्यक्तित्व तथा विश्वभरका शान्ति अभियन्तालाई एकैठाउँमा ल्याई खेल पर्यटनलाई प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

यसपालि पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुल्ला पाँच किमी दौड (पुरुष÷महिला) र पाँच किमी स्कुल ब्वाइज÷गल्र्स तथा सोही दूरीमा भेट्रान पुरुष गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । 

यसैगरी तीन किमी खुल्ला पिस वाकाथनको आयोजना पनि गरिनेछ । यी सबैमा गरी एक हजार २०० जनाले सहभगिता जनाउने संयोजक बज्राचार्यले जानकारी दिनुभयो । 

चौथो संस्करणको कुल पुरस्कार राशि रु १७ लाख ६९ हजार रहेको छ । पुरुष म्याराथनका विजेताले रु तीन लाख ५० हजार, दोस्रो हुनेले रु दुई लाख ५० हजार र तेस्रो हुनेले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । 

यसैगरी म्याराथनमा शीर्ष दश स्थानमा रहने धावकलाई क्रमशः रु एक लाख, रु ८० हजार, रु ६० हजार, रु ४० हजार, रु २० हजार, रु १० हजार र रु पाँच हजार प्रदान गरिनेछ । 

महिला हाफ म्याराथनमा विजेताले रु एक लाख ५० हजार, उपवजेताले रु एक लाख, तेसो हुनेले रु ८० हजार, चौथो हुनेले रु ५० हजार र पाँचौँ स्थान प्राप्त गर्नेले रु ३० हजार पुरस्कार पाउनेछन् । अन्य विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

गत संस्करणमा पुरुष म्याराथनमा अनिश थापामगर र महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ विजेता बन्नुभएको थियो । 

यो समाचारमा

काठमाडौँलुम्बिनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...