अभिमुखीकरण कार्यक्रममा किन गएनन् रवि र बालेन?

Author

सजिलो पत्रिका

२०८२ चैत ०३, मङ्गलबार

20
Share
Featured
  • रास्वपाले ललितपुरको ग्वार्कोमा दुई दिने सांसद अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ, जसमा १८२ जना सांसद सहभागी छन्।
  • सभापति रवि लामिछाने र नेता बालेन्द्र शाह उद्घाटन सत्रमा स्वास्थ्य समस्याका कारण अनुपस्थित रहे।
  • कार्यक्रमको उद्घाटन डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले गरेका छन्, समापनमा बालेनलाई सहभागी गराउने प्रयास भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि आज (मंगलबार) देखि ललितपुरको ग्वार्कोमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। तर, पूर्वतालिका अनुसार कार्यक्रमको उद्घाटन गर्नुपर्ने वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र सभापति रवि लामिछाने दुवै जना उद्घाटन सत्रमा सहभागी भएनन्।

पार्टीका उपसभापति डीपी अर्यालले दुवै नेता 'स्वास्थ्य समस्या' का कारण उपस्थित हुन नसकेको जानकारी दिए। बालेनले उद्घाटन र रविले समापन गर्ने तालिका भए पनि स्वास्थ्य र व्यस्तताका कारण उनीहरू आउन नसकेको अर्यालको भनाइ छ। कार्यक्रमको उद्घाटन उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा घण्टी बजाएर गरेका छन्।

अभिमुखीकरणमा रास्वपाका प्रत्यक्ष र समानुपातिक गरी कुल १८२ जना सांसदहरू सहभागी छन्। उनीहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे दुई दिनसम्म प्रशिक्षण दिइनेछ। भोलि (बुधबार) को समापन सत्रमा बालेनलाई ल्याउने प्रयास भइरहेको पार्टीले जनाएको छ।

यो समाचारमा

रवि लामिछानेस्वर्णिम वाग्लेबालेन्द्र शाह (बालेन)राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...