मुख्यमन्त्रीमाथि घुसको आरोप लगाउने वन अधिकृत भट्ट पक्राउ

Author

सजिलो पत्रिका

२०८२ चैत ०२, सोमबार

19
Share
Featured
  • वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ।
  • भट्टले कमलबहादुर शाहले आफूलाई ५ लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए।
  • मुख्यमन्त्रीका स्वकीय सचिवको जाहेरीपछि विद्युतीय (साइबर) अपराध मुद्दामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई सोमबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाटै नियन्त्रणमा लिएको हो।

मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले भट्टविरुद्ध विद्युतीय अपराध (साइबर अपराध) सम्बन्धी मुद्दामा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। भट्टले केही दिनअघि एक अन्तर्वार्तामा मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ घुस मागेको र रकम नदिएपछि पूर्वाग्राही भएर सरुवा गरिदिएको आरोप लगाएका थिए।

सोही विषयमा मन्त्रालयले सोधेको स्पष्टीकरण बुझाउन पुगेका बेला भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।

यो समाचारमा

काठमाडौँसुदूरपश्चिम प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...