रवि लामिछानेको मुद्दा संशोधनविरुद्धको रिटमा आज पनि बहस जारी

Author

सजिलो पत्रिका

२०८२ चैत ०२, सोमबार

50
Share
Featured
  • रवि लामिछानेको मुद्दामा कसुर संशोधनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज पनि बहस जारी छ।
  • सविता भण्डारीले अभियोगपत्रबाट ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ हटाउने निर्णय गरेपछि त्यसविरुद्ध रिट दायर गरिएको हो।
  • आइतबार बहस नसकिएकाले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो र आजको सुनुवाइपछि अदालतले आदेश दिन सक्ने सम्भावना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटमाथि आज पनि सर्वोच्च अदालतमा बहस हुँदैछ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको ८ नम्बर इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको हो।

आइतबार बहस नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको थियो, जसको निरन्तरता स्वरूप आज फेरि बहस हुन लागेको हो। महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्धका मुद्दाबाट ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को दाबी हटाउने गरी अभियोग पत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। उक्त निर्णय बदरको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज पौडेल (सफल) लगायतले रिट दायर गरेका हुन्।

यसअघि आइतबार रिट निवेदकका तर्फबाट त्रिपाठी, टीकाराम भट्टराई र सुरेन्द्र भण्डारीले बहस गरेका थिए भने सरकारी पक्षबाट महान्यायाधिवक्ता भण्डारी स्वयंले प्रतिरक्षा गरेकी थिइन्। महान्यायाधिवक्ताको उक्त संशोधन निर्णयलाई कास्कीरुपन्देही जिल्ला अदालतले भने अझै स्वीकार गरिसकेका छैनन्। आजको बहसपछि सर्वोच्चले यस विषयमा कुनै आदेश दिने सम्भावना छ।

यो समाचारमा

काठमाडौँरवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टीरुपन्देही
कास्की5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...