अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

Author

सजिलो पत्रिका

२०८२ चैत ०२, सोमबार

21
Share
Featured

काठमाडौँ

यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक परामर्श केन्द्र तथा वैदेशिक सेवा प्रदायक संस्थालाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । 

कार्यालयले एक सूचना जारी गर्दै प्रचलित कानुन बमोजिम अधिकार प्राप्त संस्थाबाट स्वीकृत÷इजाजतपत्र नलिइ सञ्चालित शैक्षिक परामर्श केन्द्र र वैदेशिक रोजगार सेवा प्रदायक संस्था बन्द गराउन वा नवीकरण गर्न निर्देशन दिएको हो ।  सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी सूचनामा यस्ता केन्द्र र संस्थाहरुले नियमित रुपमा कार्यालय सञ्चालन गर्ने गरेको ‘भिसा प्रोशेसिङ’्, रोजगार प्रत्याभूत जस्ता झुटा आश्वासन दिने गरेको पाइएकाले त्यस्ता संस्था कानुन अनुसार सञ्चालन हुन भनिएको छ । यो सूचनालाई अटेर गरी बसे प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ । 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...