स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

Author

सजिलो पत्रिका

२०८२ चैत ०२, सोमबार

23
Share
Featured

काठमाडौँ

स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले यहाँस्थित शुक्लाफाँटा नगरपालिकाले १३३ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ ।

आर्थिक रूपमा विपन्न, दलित, जनजाति, महिला, अपाङ्गता भएका व्यक्ति, सहिद परिवार, द्वन्द्वपीडित तथा विदेशबाट फर्केका व्यक्तिलाई लक्षित गरी नगरपालिकाले चालु आर्थिक वर्षमा लघु तथा घरेलु उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत सीपमूलक तालिम प्रदान गरेको हो ।

सो कार्यक्रमअन्तर्गत काष्ठकला सम्बन्धी २०, ग्यास चुलो मर्मत सम्बन्धी २०, गुन्द्री बनाउने २०, खेलौना बनाउने १३, अटो ड्राइभिङ २०, दुना–टपरी बनाउने २० र फुट मसाज (सुत्केरी स्याहार) सम्बन्धी २० जनाले तालिम लिएका छन् । तालिम लिएका व्यक्तिलाई व्यवसाय सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले आवश्यक सामग्री पनि अनुदानमा उपलब्ध गराइएको कार्यक्रमका उद्यम विकास सहजकर्ता धनबहादुर चौधरीले बताउनुभयो ।

“तालिमसँगै आवश्यक सामग्री उपलब्ध गराएर लक्षित समूहका व्यक्तिलाई आत्मनिर्भर बनाउने प्रयास गरेका छौँ,” उहाँले भन्नुभयो, “तालिम लिएका मध्ये धेरैजना स्वरोजगारमा संलग्न भई व्यवसायिक गतिविधि सञ्चालन गरिरहेका छन् ।” तालिम लिएकामध्ये ३९ जनाले आफ्नै व्यवसाय सञ्चालन गर्न थालेका छन् । 

दुना–टपरी बनाउने तालिम लिनुभएकी सरिता चौधरीले तालिमपछि दुना–टपरी उत्पादन गरी बजारमा बिक्री गरेर आम्दानी गर्न थालेको बताउनुभयो । तालिम लिएर आधुनिक सिलाइ मेसिन अनुदानमा प्राप्त गर्नुभएका जगतबहादुर सिंहले गार्मेन्ट व्यवसाय विस्तार गर्न तालिमले सहयोग पुगेको बताउनुभयो ।

तालिम लिनेमा १८ वर्ष देखि ५५ वर्ष समुहका छन । जसमा धेरैजसो महिला छन् । नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरले ‘हात–हातमा सीप र घर–घरमा रोजगारी’ पु-याउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । 

यो समाचारमा

काठमाडौँशुक्लाफाँटा नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...