नेप्सेमा सामान्य सुधार, १४ अर्ब ३२ करोडको उच्च कारोबार

Author

सजिलो पत्रिका

२०८२ चैत ०१, आइतबार

17
Share
Featured
  • नेप्से परिसूचक ४.४५ अंक (०.१५%) बढेर २८२४.९० विन्दुमा पुगेको छ।
  • ३५० कम्पनीका ३ करोड ९५ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।
  • सोलु हाइड्रोमा १०% नाफा हुँदा धर्मखोला हाइड्रोपावरको सेयर मूल्य १०% ले घट्यो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ४.४५ अङ्क (०.१५ प्रतिशत) ले बढेर २८२४.९० विन्दुमा पुगेर बन्द भएको छ।

परिसूचकमा सामान्य वृद्धि देखिए पनि कारोबार रकम भने निकै उत्साहजनक रहेको छ। आज ३५० कम्पनीका ३ करोड ९५ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको बजारमा सोलु हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत नाफा कमाएका छन् भने सालपा विकास बैंक र होटल फरेन्ट इनको मूल्य पनि करिब १० प्रतिशतले बढेको छ। अर्कोतर्फ, धर्मखोला हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ।

समूहगत रूपमा 'अन्य' समूहको सूचक २.८३ प्रतिशतले बढ्दा होटल, इन्भेष्टमेन्ट र जीवन बीमा समूह भने घटेका छन्। कारोबार रकमका आधारमा ग्रीनलाइफ हाइड्रोपावर ८१ करोड १२ लाख रुपैयाँसहित अग्रस्थानमा रह्यो। आज कुल १२४ कम्पनीको मूल्य बढ्दा १३० कम्पनीको मूल्यमा गिरावट आएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...