किसानलाई सिँचाइको समस्या

Author

सजिलो पत्रिका

२०८२ चैत ०१, आइतबार

21
Share
Featured

काठमाडौँ

सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको छ । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, भोक्राहालगायत स्थानी तहमा मकै तथा गहुँखेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको हो । 

सप्तकोसी नदीको सतह मुनि गएको र नहरमा पनि पानी नआएका कारण मकै तथा गहुँखेती गरेका किसानलाई सिँचाइको समस्या भएको इनरुवा–६ का देवनारायण यादवले बताउनुभयो । कतिपय बेलामा नहरमा पर्याप्त मात्रामा पानी हुने गरेको भए पनि सिँचाइ गर्नुपर्ने बेला पानी नहुँदा रु तीन लाख ५० हजारको लागतमा सात बिघामा मकैखेतीमा सिँचाइ गर्न समस्या भएको उहाँले गुनासो गर्नुभयो । 

मकैखेती गरेको भए पनि अहिले सिँचाइ अभावका कारण मकैको बोट नै सुक्ने अवस्थामा पुगेको स्थानीय किसानको भनाइ छ । नहरको पानीका भरोसामा मकै तथा गहुँ बाली लगाएको भए पनि नहरमा पानी पर्याप्त मात्रामा नआउने गरेकाले समस्या भएको किसान माधव भण्डारीले बताउनुभयो ।

शङ्करपुर शाखा नहरमा सिँचाइका लागि पानीको माग गर्दै आएको भए पनि पालो सिष्टममा पानी आउने गरेका कारण पर्याप्त मात्रामा बालीमा सिँचाइ गर्न नपाउने गरेको पीडित किसानको गुनासो छ । हजारौँ हेक्टरमा लगाएको मकै, गहुँ र तरकारी बाली सिँचाइ अभावमा सुक्न लागेकाले शङ्करपुर शाखा नहरमा पर्याप्त पानीको मागसमेत किसानले गरेका छन् ।

जिल्लामा यस वर्ष १२ हजार ६३ हेक्टर क्षेत्रमा गहुँखेती र सात हजार ५२० हेक्टर क्षेत्रफलमा मकैखती गरिएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो ।

यो समाचारमा

सुनसरीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...