प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

Author

सजिलो पत्रिका

२०८२ फागुन ३०, शनिबार

20
Share
Featured

काठमाडौँ

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको प्रारम्भिक टोली छनोट गरिएको छ । 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले ३३ खेलाडीलाई छनोट गरेर बन्द प्रशिक्षणका लागि बोलाएको बताउनुभयो । गत माघमा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गरेको प्रदर्शनका आधारमा प्रारम्भिक टोलीको घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।  

छनोट हुने खेलाडीमा शेर मल्ल, भोजराज भट्ट, अशोक धामी, हेमन्त धामी, सौर्य श्रेष्ठ, विकास आग्री, किरन ठगुन्ना, टेक रावत, अरुण ऐरी, खडक बोहरा, अभिषेक पाल, प्रकाश पाण्डे, दीपक बोहरा, आयुव चन्द, राहुल भण्डारी, मिलन बोहरा रहेका छन् । यस्तै, नारायण जोशी, आर्यन टमटा, लोकेन्द्र चन्द, वसन्त सिंह कार्की, आर्यन बेचे, आयुश चन्द, अर्जुन विक, राजु रिजाल, सचिन भट्ट, राज विक, सुनिल चन्द, नरेन भट्ट, कैलाश ऐर, वीरेन्द्र बम, हिक्मत महरा, विशाल ऐर र आशिष तिरुवा पनि टोलीमा रहेका छन् ।

छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको र बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शनका आधारमा अन्तिम टोली घोषणा गरिने प्रादेशिक क्रिकेट सङ्घका कोषाध्यक्ष दिनेश सिंहले बताउनुभयो ।

यो समाचारमा

सुदूरपश्चिम प्रदेशक्रिकेटकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...