ज्ञानेन्द्र शाहीले सार्वजनिक गरे चुनावी खर्च, २० लाख ५५ हजार खर्च भएको विवरण

Author

सजिलो पत्रिका

२०८२ फागुन २९, शुक्रबार

22
Share
Featured
  • जुम्लाबाट निर्वाचित राप्रपा नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले आफ्नो चुनावी खर्च २० लाख ५५ हजार रुपैयाँ भएको विवरण सार्वजनिक गरेका छन्।
  • खर्चमध्ये सवारी साधन र इन्धनमा सबैभन्दा बढी ५ लाख ९० हजार रुपैयाँ खर्च भएको छ।
  • भेटघाट, आमसभा, मिडिया प्रचार, घरदैलो अभियान, झण्डा–ब्यानर लगायत विभिन्न गतिविधिमा खर्च भएको उल्लेख गर्दै मनोनयन दर्तामा मात्र १० हजार रुपैयाँ खर्च भएको जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। शाहीले निर्वाचनका क्रममा कुल २० लाख ५५ हजार रुपैयाँ खर्च भएको जानकारी दिएका हुन्।

उनले बुझाएको खर्च विवरणअनुसार सबैभन्दा बढी रकम सवारी साधन र इन्धनमा ५ लाख ९० हजार रुपैयाँ खर्च भएको छ। यस्तै, भेटघाट तथा आमसभामा ३ लाख ५० हजार, मिडिया, स्पिकर र स्टेसनरीमा ३ लाख, घरदैलो अभियानमा २ लाख ८० हजार र जिल्ला स्तरीय वृहत भेलामा २ लाख २५ हजार रुपैयाँ खर्च भएको छ।

विवरणमा झण्डा, ब्यानर र नमुना मतपत्रमा २ लाख २० हजार तथा युवा परिचालनमा ८० हजार रुपैयाँ खर्च भएको उल्लेख छ। सबैभन्दा कम खर्च मनोनयन दर्ताका क्रममा १० हजार रुपैयाँ मात्र भएको उनले जनाएका छन्। शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा भारी मतका साथ विजयी भएका हुन्।


यो समाचारमा

ज्ञानेन्द्र शाहीकाठमाडौँप्रतिनिधि सभाराष्ट्रिय प्रजातन्त्र पार्टी
जुम्ला4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...