निर्वाचनपछि नेताहरूबीच संवादको चटारो,रवि र प्रचण्डबीच टेलिफोन वार्ता

Author

सजिलो पत्रिका

२०८२ फागुन २९, शुक्रबार

20
Share
Featured
  • रास्वपा सभापति रवि लामिछाने र नेकपा (माओवादी) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच टेलिफोन संवाद भएको छ, जसमा उनीहरूले निर्वाचनमा विजय भएकोमा बधाई साटासाट गरेका छन्।
  • नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छोटो भेट भएको छ; भेट श्रद्धाञ्जलीको क्रममा निजी रूपमा भएको हो, राजनीतिक छलफल भएन।
  • प्रचण्ड र बालेन शाह वा गगन थापाबीच कुनै भेटघाट नभएको कुरा पार्टी स्रोतले स्पष्ट पारेको छ, अफवाह असत्य रहेको जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधिसभा निर्वाचनको परिणाम आएसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूबीच संवाद र भेटघाटको क्रम सुरु भएको छ। यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच टेलिफोन संवाद भएको छ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयका अनुसार दुवै नेताले एक–अर्कालाई निर्वाचनमा विजयी भएकोमा बधाई साटासाट गरेका छन्। यद्यपि, उनीहरूबीच अन्य राजनीतिक विषयमा विस्तृत छलफल भने नभएको बताइएको छ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र प्रचण्डबीच पनि निर्वाचनपछि पहिलोपटक भेट भएको छ। ओलीका पिता मोहनप्रसाद ओलीको निधनपछि श्रद्धाञ्जली दिन प्रचण्ड भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेका बेला दुई नेताबीच छोटो कुराकानी भएको हो।

अर्कोतर्फ, प्रचण्ड र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीच भेट भएको भनी फैलिएको हल्लालाई पार्टी स्रोतले अस्वीकार गरेको छ। कार्यालय सचिव गोविन्द आचार्यका अनुसार बालेनसँग हालै कुनै भेटघाट भएको छैन। त्यस्तै, निर्वाचनपछि नेपाली कांग्रेसका नेता गगन थापासँग पनि प्रचण्डको कुनै संवाद वा भेटघाट नभएको पार्टी स्रोतले स्पष्ट पारेको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टीराष्ट्रिय स्वतन्त्र पार्टीखड्गप्रसाद शर्मा ओलीरवि लामिछाने
गगन थापा8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...