सूर्यविनायकद्वारा प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण

Author

सजिलो पत्रिका

२०८२ फागुन २८, बिहिबार

23
Share
Featured

काठमाडौँ

सुर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण गरेको छ । नगरपालिकामा आज आयोजित कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालाई गाडीको साँचो, ब्लूबुक तथा कागजपत्र हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा नगर प्रमुख थापाले जेनजी आन्दोलनमा क्रममा प्रहरी बृत्त जगातीको भवन पूर्ण रुपमा क्षति भएको अवस्थामा भवन पुनःनिर्माणका लागि नगरपालिकाले रु १५ लाख सहयोग गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरीको भवनसँगै सबै गाडी जलेर ध्वस्त भएकाले गस्ती गर्न सहज होस भनेर रु ४३ लाखमा  गाडी किनेर सहयोग गरेका हौँ ।”

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य,  सूर्यविनायक नगरपालिका वडाध्यक्षहरु सानुकाजी कायस्थ, प्रदीप कार्की, लक्षुराम न्यौपाने, रविन्द्र सापकोटा, पुष्पराज बस्नेत र शिवराम राउत, कार्यपालिका सदस्य तारा सापकोटा, शर्मिला थापालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यो समाचारमा

सुर्यविनायक नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...