पोस्टमार्टम रिपोर्टको खुलासा-बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिसाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ फागुन २८, बिहिबार

22
Share
Featured
  • सुर्खेतमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या घटनाको थप अनुसन्धान अब **केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गर्ने भएको छ।
  • पोस्टमार्टम रिपोर्टअनुसार जबरजस्ती करणीका क्रममा गम्भीर चोट र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पुष्टि भएको छ।
  • घटनामा संलग्न आरोपमा चार नाबालक पक्राउ परेका छन् र उनीहरूको मोबाइलसहितका सामग्री फरेन्सिक परीक्षणका लागि पठाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुर्खेतमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि भएको हत्या घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ। सुर्खेत प्रहरीको अनुरोधमा प्रहरी निरीक्षकको कमान्डमा सीआईबीको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर पुग्ने भएको हो।

भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञहरूको टोलीले बुझाएको पोस्टमार्टम प्रतिवेदनअनुसार, जबरजस्ती करणीका क्रममा संवेदनशील अङ्गमा गम्भीर चोट लागेको र अत्यधिक रक्तस्राव भएका कारण इनिसाको मृत्यु भएको पुष्टि भएको छ। फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–४ स्थित शहीद पार्क नजिकैको सामुदायिक वनमा उनको शव फेला परेको थियो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म चार जना किशोरलाई पक्राउ गरेको छ, जो सबै १८ वर्षमुनिका छन्। पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै उजुरी दिएका छन् र हालसम्म शव बुझ्न मानेका छैनन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेकाहरूको मोबाइल लगायतका विद्युतीय सामग्री फरेन्सिक ल्याबमा पठाइएको छ। हाल जिल्लाको विशेष टोली र कर्णाली प्रदेश प्रहरीको पोलिग्राफ टोलीले अनुसन्धान गरिरहेकोमा अब सीआईबीले प्राविधिक र सूक्ष्म पक्षहरूको थप विश्लेषण गर्नेछ।

यो समाचारमा

बाँकेकाठमाडौँवीरेन्द्रनगर नगरपालिकासुर्खेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...