कोरिया पठाउने बहनामा ठगी गरेको आरोप

Author

सजिलो पत्रिका

२०८२ फागुन २७, बुधबार

27
Share
Featured

काठमाडौँ

गोरखा जिल्लाको गोरखा नगरपालिका–७का सुजन उपरकोटीले कोरिया पठाउने बहनामा खोटाङकी अनुषा तामाङलाई रु एक लाख ठगी गरेको आरोप लागेको छ । धार्मिक सेमिनारका लागि भिजिट भिसा (भ्रमण प्रवेशाज्ञा)मा कोरिया पठाउने बहनामा सुजनले केपिलासगढी गाउँपालिका–४ बाक्सिला पूर्ख्यौली थलो भई हाल धरान उपमहानगरपालिका–१५ बस्दै आउनुभएकी तामाङलाई ठगी गरेको आरोप लागेको हो । 

तामाङले कोरिया पठाइदिने भन्दै गत साउनमा बैंकिङ कारोबारमार्फत रु एक लाख दिएको बताउनुभयो । हाल काठमाडौँ मनमैजु बस्दै आउनुभएका सुजनले भिजिट भिषामा महिना दिनभित्र कोरिया पठाउने भन्दै पैसा मागेको तर, कोरिया नपठाएको तथा पैसा पनि फिर्ता नदिएको तामाङको आरोप छ । 

पैसा फिर्ता माग्दा ‘दिन्छु–दिन्छु’ भन्दै झुलाउने गरेको अनुषाका बुवा पहलमान तामाङले बताउनुभयो । पैसा फिर्ता नदिएमा कानुनी उपचार खोज्ने पीडित तामाङ परिवारले जनाएको छ । 

यो समाचारमा

खोटाङगोरखागोरखा नगरपालिकाकाठमाडौँ
केपिलासगढी गाउँपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...