राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा मुटुरोगको उपचार सुरु

Author

सजिलो पत्रिका

२०८२ फागुन २७, बुधबार

23
Share
Featured

काठमाडौँ

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको उपचार सुरु भएको छ । प्रतिष्ठानमा क्याथ ल्याब मेसिन स्थापना भएसँगैले मुटुरोगको उपचार सुरु गरिएको फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा दिनेश उप्रेतीले बताउनुभयो ।

मङ्गलबार प्रतिष्ठानमा आएका रोल्पाका ५९ वर्षीय पुरुषको उपचार गरिएको हो । ती पुरुषको मुटु वरिपरि अत्यधिक पानी जम्मा भएको थियो । त्यसपछि प्र्रतिष्ठानको एमआरआइ, सिटीस्क्यान, भिडियो एक्स–रे को सहयोगमा  बिरामीको रोगको ‘डाइग्नोसिस’ गर्न सहज भएको उहाँले बताउनुभयो । 

मुटु वरिपरि पानी धेरै नै जम्मा भएको पत्ता लागेपछि मुटुरोग विशेषज्ञ उप्रेतिको नेतृत्वमा तारको विधिबाट शल्यक्रिया गरेर निकालिएको हो । शल्यक्रियापछि बिरामीको अवस्था सामान्य भएकाले उहाँलाई घर पठाइएको छ । उप्रेतीका अनुसार मुटुरोगको उपचारका लागि प्रतिष्ठानले छुट्टै ओपिडी सञ्चालनमा ल्याएको छ । 

यो समाचारमा

रोल्पाकाठमाडौँदाङ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...