सहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

Author

सजिलो पत्रिका

२०८२ फागुन २६, मङ्गलबार

20
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा सहीद भएका विनोद महर्जनको परिवारलाई भेटेका छन् ।

मंगलबार ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका सहीद ३४ वर्षीय विनोद महर्जनको परिवालाई भेटेर खरेलले आशीर्वाद लिएका हुन् ।

भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू निर्वाचित भएसँगै जनतालाई धन्यवाद दिन जानुभन्दा अगाडि विनोद महर्जनको घरमा आशीर्वाद लिन गएको बताए । जेनजीहरुकै बलिदानको जगमा आम जनताले भोट दिएर सांसदमा आफू चुनिएको उनले बताए ।

‘म निर्वाचित भएसँगै जनतालाई धन्यवाद दिन जानुभन्दा अगाडि विनोद महर्जनको घरमा आशीर्वाद लिन आएको हुँ । म जेनजी जनआन्दोलनबाट नै मन्त्री बनेको र म राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेको साथै जेनजीहरुकै बलिदानको जगमा आम जनताले भोट दिएर सांसदमा चुनिएको छु ’उनले भने ।

उनले जेनजी आन्दोलनका सहीद र प्रतिनिधिहरुले भ्रष्टाचार विरुद्ध ,रोजगारी र समृद्धिको लागि गरेको आन्दोलनको अझै अपूरो रहेको धारणा राखे । जेनजी आन्दोलनको अपूरो क्रान्तिलाई अब रास्वपाको सरकारले पूरा गर्ने उनको दाबी छ ।

उनले भने,‘जेनजी आन्दोलनका सहीद र जेनजी प्रतिनिधिहरुले जुन रुपमा आन्दोलन गरे त्यो भ्रष्टाचार विरुद्ध ,रोजगारी र समृद्धिको लागि थियो । देशमै भविष्य सुनिश्चित होस् भन्ने चाहना थियो । त्यो चाहना अझै अधुरो छ । त्यो अधुरो क्रान्तिलाई पूरा गर्न जनताले देशभरबाट मतपत्रमार्फत रास्वपालाई दुई तिहाईको बहुमत दिनुभएको छ । अब परिवर्तनको बाटोमा मुलुक जान्छ भन्ने उहाँहरुको विश्वास छ ।’

यो समाचारमा

काठमाडौँललितपुर महानगरपालिकाजगदीश खरेलराष्ट्रिय स्वतन्त्र पार्टी
ललितपुर4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    काठमाडौं । विपद्‌मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान

    Data is loading...

    Loading brands...

    Loading footer...