गृहमन्त्री अर्याल र चिनियाँ राजदूतबीच भेटवार्ता, साइबर सुरक्षामा सहकार्यको प्रस्ताव

Author

सजिलो पत्रिका

२०८२ फागुन २६, मङ्गलबार

23
Share
Featured
  • गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
  • भेटमा मन्त्री अर्यालले टेलिकम र साइबर अपराध नियन्त्रण क्षेत्रमा चीनसँग सहकार्यको प्रस्ताव राखेका छन्।
  • चिनियाँ राजदूतले नेपालमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै नेपालको सार्वभौमसत्ता र द्विपक्षीय सम्बन्धप्रति चीनको प्रतिबद्धता दोहोर्‍याएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङबीच मंगलबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री अर्यालले राजदूत माओमिङलाई कार्यकाल सफलताको शुभकामना दिँदै चीनले नेपालको आर्थिक-सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरे।

मन्त्री अर्यालले आगामी दिनमा टेलिकम र साइबर अपराध नियन्त्रणको क्षेत्रमा चीनसँग बहुपक्षीय सहकार्य र सहयोगको प्रस्ताव राखेका छन्। जवाफमा राजदूत माओमिङले नेपालमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै गृह मन्त्रालयले गरेको सुरक्षा र सीमा व्यवस्थापनको उच्च प्रशंसा गरे।

राजदूत माओमिङले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितप्रति चीनको निरन्तर प्रतिबद्धता रहने दोहोर्‍याउँदै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए। उनले कानुनको शासन र शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यवाद समेत ज्ञापन गरे।

यो समाचारमा

काठमाडौँओमप्रकाश अर्यालचीन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...