सुर्खेतमा १६ वर्षीया किशोरीको हत्या आरोपमा चार नाबालक पक्राउ

Author

सजिलो पत्रिका

२०८२ फागुन २६, मङ्गलबार

38
Share
Featured
  • सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या आरोपमा चार नाबालक पक्राउ परेका छन्।
  • पक्राउ परेका सबै १८ वर्षमुनिका हुन्; मृतक कक्षा ११ की छात्रा हुन् र फागुन २३ गते जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्।
  • घटनामा सामूहिक बलात्कार भएको आरोप लगाइएको छ; प्रहरी गम्भीर अनुसन्धान गर्दैछ र पोस्टमार्टम रिपोर्टपछि थप तथ्य खुल्ने अपेक्षा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका चारै जना १८ वर्षमुनिका नाबालक हुन्।

गुर्भाकोट नगरपालिका–६ घर भई वीरेन्द्रनगरमा बस्दै आएकी कक्षा ११ की छात्रा इनिसा फागुन २३ गते वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल प्रदेश अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकका आफन्तले इनिसाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार घटनाको दिन २३ गते एक जना र २४ गते थप तीन जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि थप तथ्य खुल्ने जनाएको छ।

यो समाचारमा

सुर्खेतकाठमाडौँगुर्भाकोट नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...