रूकुम पश्चिममा दुई दिदीबहिनीको शव नदीमा फेला, एक बालिका बेपत्ता

Author

सजिलो पत्रिका

२०८२ फागुन २६, मङ्गलबार

36
Share
Featured
  • रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–३ मा दुई सहोदर दिदीबहिनी, कल्पना (१४) र उर्मिला वली (१२), सानीभेरी नदीमा फेला परेका छन्।
  • उनीहरूसँगै रहेकी अर्की १२ वर्षीया सपना वली अझै बेपत्ता छिन् र खोजी कार्य तीव्र पारिएको छ।
  • घटना मुसिकोट नगरपालिका–१ मा आफन्तको बिहेमा जाँदै गर्दा नदी तर्ने क्रममा भएको अनुमान गरिएको छ; शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पश्चिमी रूकुमको बारेकोट गाउँपालिका–३ मा दुई सहोदर दिदीबहिनीको शव सानीभेरी नदीमा फेला परेको छ। मृत्यु हुनेमा १४ वर्षीया कल्पना वली र १२ वर्षीया उर्मिला वली रहेका छन्। उनीहरूसँगै रहेकी अर्की १२ वर्षीया बालिका सपना वली भने अझै बेपत्ता छिन्।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनका अनुसार, सोमबार बेलुकी मुसिकोट नगरपालिका–१ मा आफन्तको बिहेमा जान घरबाट निस्किएका उनीहरू नदी तर्ने क्रममा बगेको अनुमान गरिएको छ। मंगलबार बिहान दुई दिदीबहिनीको शव ५०० मिटरको दूरीमा फेला परेको हो।

प्रहरीले मृतक दिदीबहिनीको शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ भने बेपत्ता सपनाको खोजी कार्य तीव्र पारिएको जनाएको छ। बेपत्ता सपना पनि सोही परिवारका भाइ–भाइकी छोरी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो समाचारमा

पश्चिमी रूकुमबारेकोट गाउँपालिकामुसिकोट नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...