सेयर बजारमा २० मिनेटमै ५ अर्ब ६५ करोडको कारोबार, नेप्सेमा तीव्र उतारचढाव

Author

सजिलो पत्रिका

२०८२ फागुन २६, मङ्गलबार

17
Share
Featured
  • नेप्से परिसूचकमा मंगलबार बजार खुलेको २० मिनेटमै ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जसले लगानीकर्ताको उच्च सक्रियता देखाएको छ।
  • कारोबारको सुरुवातमा नेप्से झन्डै ४० अंकले घटेको थियो, तर केही समयपछि बजार सम्हालिँदै ११:२० बजेसम्म ३.६ अंकले बढेर सकारात्मक बनेको छ।
  • अघिल्लो दिन तीन पटक सकारात्मक सर्किट लागेर कारोबार रोकिएपछि सेयर किन्न नपाएका लगानीकर्ताहरू आज सुरुदेखि नै आक्रामक रूपमा बजारमा प्रवेश गर्दा कारोबार रकममा ठूलो उछाल देखिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मंगलबार सेयर बजार खुल्नेबित्तिकै लगानीकर्ताको निकै ठूलो चाप देखिएको छ। बजार खुलेको सुरुवाती २० मिनेटमै ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो दिन तीन पटकसम्म सर्किट लागेर कारोबार स्थगित हुँदा दिनभर जम्मा ५८ करोडको मात्रै कारोबार भएकोमा आज भने सुरुदेखि नै उच्च रकमको किनबेच भएको हो।

कारोबारको सुरुमा नेप्से परिसूचकमा ठूलो गिरावट देखिएको थियो। बिहान ११:१० बजेसम्म परिसूचक ४० अंकले घटेकोमा सवा ११ बजेपछि बजार सम्हालिन थालेको छ। ११:२० बजेसम्म आइपुग्दा नेप्से ३.६ अंकको वृद्धिसहित सकारात्मक देखिएको छ। अघिल्लो दिन सेयर किन्न नपाएका लगानीकर्ताहरू आज सुरुवाती समयदेखि नै आक्रामक रूपमा सक्रिय हुँदा कारोबार रकममा उछाल आएको हो।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...