पर्सामा जन्ती बोकेको कार दुर्घटना : चालकको मृत्यु, एक घाइते

Author

सजिलो पत्रिका

२०८२ फागुन २६, मङ्गलबार

17
Share
Featured

काठमाडौँ

पर्साको सखुवा प्रसौनी गाउंपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बहुदरमाई नगरपालिका–८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनीको एकडरवा गाउँतर्फ जाँदै गरेको बीआर ०६४५ नम्बरको कार महुवनस्थित गण्डक नहर नजिक दुर्घटनामा परेको हो। अनियन्त्रित भएको कार राति करिब ९:१५ बजे सडक छेउको पिपलको रूखमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालकको बाराको नौतनस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा राति १०:१५ बजे मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। मृतक चालकको नाम र ठेगाना भने अझै खुल्न सकेको छैन ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका अर्का एक यात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरी रहेको जनाएको छ ।

यो समाचारमा

सखुवा प्रसौनी गाउंपालिकाबहुदरमाई नगरपालिकाकाठमाडौँपर्सा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...