रास्वपाको ऐतिहासिक बहुमत, बालेनका 'राइट ह्याण्ड' भुपदेव अछाममा पराजित

Author

सजिलो पत्रिका

२०८२ फागुन २५, सोमबार

14
Share
Featured
  • रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जित्दै ऐतिहासिक बहुमत हासिल गरेको छ, ‘बालेन लहर’ का कारण दुईतिहाइ नजिकको नतिजा आएको छ।
  • तर बालेन निकटका केही उम्मेदवार पराजित भएका छन्—अछाम–२ मा भुपदेव शाह पराजित भए र जुम्लामा रास्वपाकी विनिता कठायतको जमानत जफत भयो।
  • केही क्षेत्रमा कमजोर प्रदर्शन भए पनि समग्रमा रास्वपाले केन्द्रमा स्पष्ट बहुमत र समानुपातिकतर्फ पनि बलियो मत ल्याएको देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ स्थानमा जित हासिल गर्दै ऐतिहासिक बहुमत प्राप्त गरेको छ। देशभर 'बालेन लहर' का कारण रास्वपाले दुई तिहाइ नजिकको नतिजा ल्याए पनि बालेन्द्र शाह (बालेन) का निकटका केही उम्मेदवारहरूलाई भने ठूलो झट्का लागेको छ।

बालेनका प्रमुख सहयोगी तथा 'राइट ह्याण्ड' मानिएका भुपदेव शाह अछाम–२ बाट शर्मनाक रूपमा पराजित भएका छन्। उनले मात्र ४ हजार ५६२ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यज्ञ बहादुर बोगटी ९ हजार ५१८ मतसहित विजयी भए। यस्तै, जुम्लामा रास्वपाकी उम्मेदवार बिनिता कठायतको जमानत नै जफत भएको छ। उनले जम्मा ४२१ मत प्राप्त गरिन्, जबकि त्यहाँ राप्रपाका ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी भए।

देशभर रास्वपाको सुनामी आए पनि अछाम र जुम्ला जस्ता क्षेत्रमा भने रास्वपाको जादु चल्न सकेन। यद्यपि, समग्रमा रास्वपाले केन्द्रमा स्पष्ट बहुमत प्राप्त गरेको छ र समानुपातिकतर्फ पनि झण्डै ५० प्रतिशत मत ल्याउने देखिएको छ। मधेशको एक क्षेत्रमा उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदवारको पक्षमा समेत बहुमत आएको रोचक नतिजा देखिएको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)प्रतिनिधि सभाजुम्लाअछाम
बालेन्द्र शाह (बालेन)7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...