हार स्वीकार्दै ओलीले बालेनलाई दिए बधाई: ‘बालेन बाबु, कार्यकाल सफल रहोस्’

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

19
Share
Featured
  • झापा–५ मा पराजित भएपछि केपी शर्मा ओलीले विजयी बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन्।
  • ओलीले सन्देशमा “बालेन बाबु, तपाईंको पाँच वर्षे कार्यकाल सफल रहोस्” भन्दै शुभकामना व्यक्त गरेका छन्।
  • अन्तिम परिणामअनुसार बालेन ६८,३४८ मतसहित विजयी हुँदा ओली १८,७३४ मतमा सीमित भए, दुईबीच ४९,६१४ मतान्तर रह्यो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग पराजित भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले उनलाई बधाई दिएका छन्। बालेनले भारी मतान्तरले जित निकालेपछि ओलीले आगामी पाँच वर्षको कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन्।

ओलीले बालेनलाई 'बाबु' सम्बोधन गर्दै शुभकामना सन्देशमा लेखेका छन्, "बालेन बाबु, तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्। हार्दिक शुभकामना।"

झापा–५ को अन्तिम परिणामअनुसार बालेनले ६८ हजार ३४८ मत प्राप्त गरी ऐतिहासिक जित हासिल गरेका छन् भने ओली १८ हजार ७३४ मतमा सीमित भए। दुई नेताबीच ४९ हजार ६१४ मतको विशाल अन्तर रहेको छ। आफ्नै निर्वाचन क्षेत्रमा ठूलो पराजय व्यहोरे पनि ओलीले विजयी उम्मेदवारलाई सार्वजनिक रूपमा बधाई दिँदै राजनीतिक संस्कार प्रदर्शन गरेका छन्।


यो समाचारमा

झापाखड्गप्रसाद शर्मा ओलीबालेन्द्र शाह (बालेन)नेपाल कम्युनिष्ट पार्टी (एमाले)
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...