चुनाव हारेपछि ओलीको ब्रिफिङ: 'हामीमाथि धरपकड र मुद्दा मामिलाको तयारी हुँदैछ

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

55
Share
Featured
  • झापा–५ मा बालेन्द्र शाहसँग करिब ५० हजार मतान्तरले पराजित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारले आफूहरूलाई धरपकड गर्न सक्ने आशंका व्यक्त गरेका छन्।
  • पार्टी नेताहरूसँगको भेटमा उनले रास्वपाको सम्भावित बहुमत सरकारले पुराना दलका नेताहरूलाई मुद्दा मामिलामा फसाउन र जेल हाल्न सक्ने दाबी गरे।
  • ओलीले ‘जेनजी विद्रोह’ र पछिल्ला घटनाक्रमलाई स्थापित दलहरू कमजोर बनाउने भूराजनीतिक डिजाइनको परिणाम भएको टिप्पणी गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग करिब ५० हजार मतान्तरले पराजित भएपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले आफूमाथि धरपकड गर्ने आशंका व्यक्त गरेका छन्।

भक्तपुरको गुण्डुस्थित निवासमा पुगेका केही केन्द्रीय सदस्य र नेताहरूसँगको ब्रिफिङमा ओलीले रास्वपाको सम्भावित बहुमतको सरकारले पुराना दलका नेताहरूलाई मुद्दा मामिलामा फसाउने र जेल हाल्ने तयारी गरिरहेको दाबी गरे। "हामीलाई धरपकड गर्ने र जेल हाल्ने तयारी पहिले नै भइसकेको छ, सबै परिस्थितिको सामना गर्न तयार हुनुपर्छ," ओलीले भने।

उनले भदौ २३ र २४ को घटनाक्रम (जेनजी विद्रोह) यही परिस्थिति निर्माणका लागि रचिएको 'डिजाइन' भएको बताए। साथै, चुनाव रोक्न वा संसद पुनस्र्थापनाको मुद्दामा नेपाली काँग्रेस र प्रचण्ड नेतृत्वको नेकपाले साथ नदिएकोमा उनले असन्तुष्टि पोखे। ओलीले यसलाई नेपालका स्थापित दलहरूलाई सिध्याउन गरिएको 'भूराजनीतिक डिजाइन' को सफलताका रूपमा चित्रण गरेका छन्। चुनावी परिणाम आइरहँदा ओली निवासमा नेता-कार्यकर्ताको उपस्थिति भने निकै पातलो देखिएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँनेपाली काँग्रेसझापा
बालेन्द्र शाह (बालेन)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...