दैलेख–२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

42
Share
Featured
  • नेकपा (एमाले) का लक्ष्मीप्रसाद पोखरेल १३,८८९ मतसहित दैलेख–२ बाट निर्वाचित भए।
  • उनले कांग्रेसका दिक्पालकुमार शाहीलाई ४,३३७ मतान्तरले पराजित गरे। शाहीले ९,५५२ मत पाए।
  • रास्वपाका बखत शाही ६,७९७ मतसहित तेस्रो स्थानमा रहे भने अन्य दलका उम्मेदवारहरू त्यसपछि परे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मी प्रसाद पोखरेल निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार पोखरेलले १३ हजार ८८९ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत प्राप्त गरे। पोखरेल र शाहीबीच ४ हजार ३३७ मतको अन्तर रहेको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बखत शाहीले ६ हजार ७९७, नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाहीले ३ हजार ८५१ र नेपाल मजदुर किसान पार्टीका बखत थापाले १ हजार ५१२ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी बबिता शाही र नेकपा (माओवादी) का कमल सिंहले समान ३३७ मत पाएको निर्वाचन अधिकृत लोकहरि कँडेलले जानकारी दिए।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)दैलेखप्रतिनिधि सभा
लक्ष्मी प्रसाद पोखरेल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...