बागलुङ-१ मा रास्वपाका सुशील खड्का निर्वाचित

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

22
Share
Featured
  • सुशील खड्का बागलुङ–१ बाट २०,९२७ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।
  • नेपाली कांग्रेसका भीम श्रीस ११,९४४ मतसहित दोस्रो स्थानमा रहे; खड्काले ८,९८३ मतान्तरले जिते।
  • एमालेका हिरा केसी र राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारी पछि रहे; ९८,०४६ मतदातामध्ये ४९,२४२ मत खसेको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील खड्का प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार खड्काले २० हजार ९२७ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भीम श्रीसलाई ८ हजार ९८३ मतान्तरले पराजित गरे। श्रीसले ११ हजार ९४४ मत प्राप्त गरेका छन्। सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माका अनुसार नेकपा (एमाले) का हिरा केसीले ८ हजार ६४० र राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारीले ४ हजार ५२१ मत पाएका छन्।

कूल ९८ हजार ४६ मतदाता रहेको यस क्षेत्रमा ४९ हजार २४२ मत खसेको थियो। शुक्रबार दिउँसोदेखि सुरु भएको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएसँगै बागलुङमा रास्वपाका समर्थकहरूले खुसीयाली मनाउन थालेका छन्।

यो समाचारमा

बागलुङकाठमाडौँनेपाली काँग्रेसप्रतिनिधि सभा
राष्ट्रिय स्वतन्त्र पार्टी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...