भक्तपुर-१ मा ५ हजारभन्दा बढी मतान्तरले रुकेश रञ्जित निर्वाचित

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

39
Share
Featured
  • नेपाल मजदुर किसान पार्टी को दशकौँ पुरानो पकड रहेको भक्तपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी का रुकेश रञ्जित विजयी भए।
  • रञ्जितले ३३,४३६ मत ल्याउँदै नेमकिपाका नेता प्रेम सुवाल लाई ५,२८९ मतान्तरले पराजित गरे।
  •  दशकौँदेखि नेमकिपाको प्रभाव रहेको क्षेत्रमा रास्वपाको जितलाई ठूलो राजनीतिक परिवर्तनका रूपमा हेरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को दशकौँदेखिको विरासत तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रन्जित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। नेमकिपाको 'अभेद्य किल्ला' मानिने यस क्षेत्रमा रास्वपाले ऐतिहासिक जित हासिल गरेको हो।

मुख्य निर्वाचन अधिकृत नवराज दाहालका अनुसार रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गरी सानदार जित हात पारेका हुन्। उनले नेमकिपाका प्रभावशाली नेता एवं सचिव प्रेम सुवाललाई ५ हजार २८९ मतान्तरले पराजित गरे। सुवालले २८ हजार १४७ मत मात्र प्राप्त गरेका छन्।

यसैगरी, नेपाली काँग्रेसका किरण न्यौपाने ४ हजार २८२ मत र नेकपा (एमाले) का सोम मिश्र ३ हजार ७२१ मतमा सीमित भए। दशकौँदेखि नेमकिपाले एकछत्र राज गर्दै आएको यस क्षेत्रमा रास्वपाका युवा उम्मेदवार रञ्जितको जितलाई राजनीतिक वृत्तमा ठूलो उथलपुथलका रूपमा हेरिएको छ। जितको खुसीयालीमा रास्वपा समर्थकहरूले भक्तपुरका सडकमा 'घण्टी' बजाउँदै भव्य विजय जुलुस निकालिरहेका छन्।

यो समाचारमा

रुकेश रन्जितनेपाल मजदुर किसान पार्टीनेपाली काँग्रेसराष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...