काठमाडौं-५ मा रास्वपाका सस्मित पोखरेल विजयी

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

17
Share
Featured
  • सस्मित पोखरेल काठमाडौं–५ बाट ३०,७३७ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।
  • नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ९,१५९ मतमै सीमित हुँदै पराजित भए।
  • राष्ट्रिय स्वतन्त्र पार्टी को बढ्दो जनसमर्थनका कारण स्थापित दलका शीर्ष नेताहरूलाई समेत चुनौती देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेल भारी मतान्तरले विजयी भएका छन्। पोखरेल ३०,७३७ मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ९,१५९ मतमा खुम्चिएका छन्।

अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका पौडेल यसपटक रास्वपाको लहरका कारण पराजित हुन पुगेका हुन्। कानुनमा स्नातक गरेका नवनिर्वाचित पोखरेल वैकल्पिक राजनीतिका अभियन्ताका रूपमा परिचित छन्। उनी हाल रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ता समेत हुन्। काठमाडौं-५ मा रास्वपाको पक्षमा देखिएको जनलहरले स्थापित दलका शीर्ष नेतालाई समेत स्तब्ध पारेको छ।

यो समाचारमा

सस्मित पोखरेलकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...