काठमाडौँ।
काठमाडौँ क्षेत्र नम्बर ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुली प्रतिनिधिसभा सदस्यमा दोस्रो पटक निर्वाचित भएका छन्। पराजुलीले २७ हजार ८ सय ५ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईंलाई २३ हजार ८ सय २३ को फराकिलो मतान्तरले पराजित गरेका हुन्। गुरागाईंले मात्र ३ हजार ९ सय ८२ मत प्राप्त गरे।
यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टीका वसन्त प्रसाद मानन्धर ३ हजार ६ सय ६७ मतका साथ तेस्रो र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रकाश श्रेष्ठ ३ हजार ५ सय ४४ मतका साथ चौथो स्थानमा रहेका छन्। यस्तै, उज्यालो नेपालकी विमला लामा र राप्रपाका लाल कुमार लामाले १ हजार ३ सयभन्दा बढी मत पाएका छन्। पराजुली यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए। रास्वपाको लहरका बीच उनले आफ्नो क्षेत्रमा पकड थप बलियो बनाउँदै संसदको यात्रा तय गरेका हुन्।