मोहन आचार्य १० हजार ६५६ मतका साथ रसुवाबाट पुनः निर्वाचित

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

25
Share
Featured
  • नेपाली कांग्रेसका मोहन आचार्य विजयी भए, उनले १०,६५६ मत प्राप्त गरे।
  • उनका निकटतम प्रतिस्पर्धी रास्वपाका वसन्त भट्ट ५,५७१ मतसहित पराजित भए, ५,८५ मतको फराकिलो अन्तर।
  • यो आचार्यको लगातार तेस्रो जित हो, जसले कांग्रेसको रसुवा क्षेत्रको पकड पुष्टि गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रसुवा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन्। आचार्य १० हजार ६५६ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टलाई ५ हजार ८५ मतान्तरले पराजित गरे। भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्।

यो आचार्यको लगातार तेस्रो जित हो। उनी यसअघि २०७४ र २०७९ को निर्वाचनमा पनि रसुवाबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। रसुवामा कांग्रेसले आफ्नो पकड कायम राख्दै संसदमा प्रतिनिधित्व सुनिश्चित गरेको छ। यहाँ औपचारिक घोषणाको तयारी भइरहेको छ।

यो समाचारमा

प्रतिनिधि सभारसुवानेपाली काँग्रेसराष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...