झापा-५ मा बालेन शाहको ५ हजारभन्दा बढीको अग्रता, केपी ओली निकै पछाडि

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

24
Share
Featured
  • झापा–५ को मतगणनामा रास्वपाका बालेन्द्र शाह (बालेन) ६,५५१ मतसहित अग्रस्थानमा छन्।
  • एमालेका केपी शर्मा ओली १,४२८ मतसहित पछि पर्दा बालेनले ५,१२३ मतको अग्रता बनाएका छन्।
  • कांग्रेसकी मन्तरा चिमोरिया २१६ मतसहित तेस्रो स्थानमा छन्, मतगणना जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

झापा क्षेत्र नम्बर ५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन)) ले आफ्नो अग्रतालाई निकै फराकिलो बनाउँदै लगेका छन्। पछिल्लो मत परिणाम अनुसार बालेनले ६ हजार ५५१ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जम्मा १ हजार ४ सय २८ मत पाएका छन्।

बालेन र ओलीबीचको मतान्तर ५ हजार १२३ पुगेको छ। यस्तै, नेपाली काँग्रेसकी उम्मेदवार मन्तरा चिमोरियाले २१६ र नेकपाका रञ्जित तामाङले १६५ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा सुरुवाती चरणदेखि नै बालेनले एकतर्फी जस्तो अग्रता कायम राखेका छन्। मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीझापा
नेपाली काँग्रेस4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...