सर्लाही-४ मा अमरेशकुमार सिंहको सुरुवाती अग्रता, गगन थापा दोस्रो स्थानमा

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

36
Share
Featured
  • सर्लाही–४ को प्रारम्भिक मतगणनामा रास्वपाका अमरेशकुमार सिंह ९७६ मतसहित पहिलो स्थानमा छन्।
  • कांग्रेस सभापति गगनकुमार थापा ७४४ मतसहित दोस्रो स्थानमा छन्; दुबैबीच २३२ मतको अन्तर छ।
  • जनमत पार्टी ५११ मतसहित तेस्रो र एमाले १९५ मतसहित चौथो स्थानमा छन्; मतगणना जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सर्लाही क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार सिंहले ९७६ मत प्राप्त गर्दै शीर्ष स्थान ओगटेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सभापति गगन थापा ७४४ मतका साथ दोस्रो स्थानमा छन्। सिंह र थापाबीच २३२ मतको अन्तर रहेको छ। यस्तै, जनमत पार्टीका उम्मेदवार ५११ मतका साथ तेस्रो र नेकपा एमालेका उम्मेदवार १९५ मतका साथ चौथो स्थानमा छन्।

हाल अमरेशकुमार सिंहको बसोबास रहेको बलरा नगरपालिकाबाट मतगणना भइरहेकाले उनले सुरुवाती अग्रता लिएका हुन्। यस क्षेत्रमा मतगणना कार्य जारी छ र दुई हेभीवेट उम्मेदवारबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ।

यो समाचारमा

अमरेश कुमार सिंहनेपाली काँग्रेसराष्ट्रिय स्वतन्त्र पार्टीगगन थापा
बलरा नगरपालिका6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...