प्रचण्ड उम्मेदवार रहेको रुकुम पूर्वमा ५३ प्रतिशत बढी मतदान सम्पन्न

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

23
Share
Featured
  • रुकुम पूर्वमा ५३.५६% मतदान सम्पन्न भएको छ; १८,७६४ मतदाता मतदानमा सहभागी भएका छन् (९,९९२ पुरुष, ८,७७२ महिला)।
  • मुख्य उम्मेदवारहरूमा प्रचण्ड (नेकपा), कुसुमदेवी थापा (कांग्रेस), लिला मणि गौतम (नेकपा एमाले), सन्दीप पुन (प्रगतिशील लोकतान्त्रिक पार्टी) रहेका छन्।
  • मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र अब मतपेटिका संकलन तथा मतगणना प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रुकुम पूर्वमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ५३.५६ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालका अनुसार जिल्लाभर कुल १८ हजार ७६४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्। मतदान गर्नेहरूमा ९ हजार ९९२ पुरुष र ८ हजार ७७२ महिला रहेका छन्।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा पूर्व प्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली काँग्रेसकी कुसुमदेवी थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लिला मणि गौतम र प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुन चुनावी मैदानमा छन्। जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र अब मतपेटिका संकलन गरी मतगणनाको प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालयले जनाएको छ।

यो समाचारमा

पुष्पकमल दाहालकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली काँग्रेस
प्रगतिशील लोकतान्त्रिक पार्टी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...