मतदान सकिएलगत्तै निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

21
Share
Featured
  • प्रतिनिधिसभा निर्वाचनको मतदान बिहीबार साँझ ५ बजे सम्पन्न हुँदैछ।
  • निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ ६:१५ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्दैछ।
  • सम्मेलनमा देशभरको मतदानको अद्यावधिक विवरण र प्रारम्भिक समीक्षा सार्वजनिक गरिने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएलगत्तै आज (बिहीबार) साँझ ६:१५ बजे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार देशभर भएको मतदानको अद्यावधिक विवरण र समग्र अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो।

बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अपराह्न ५ बजे सम्पन्न हुँदैछ। त्यसलगत्तै आयोगले आधिकारिक तथ्याङ्क र निर्वाचनको प्रारम्भिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ। प्रवक्ता भट्टराईले एक सूचना जारी गर्दै सम्बन्धित सबैलाई पत्रकार सम्मेलनबारे जानकारी गराएका छन्।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...