झापा–५ मा ११ बजेसम्म २३ प्रतिशत मतदान, दिउँसो चाप बढ्ने अनुमान

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

17
Share
Featured
  • बिहीबार बिहान ११ बजेसम्म करिब २२–२३% मतदान भएको छ।
  • मतदान उत्साहजनक, शान्तिपूर्ण, र सुरक्षा कडा राखिएको छ; कुनै अप्रिय घटना छैन।
  • मुख्य प्रतिस्पर्धा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र रास्वपा बालेन शाह बीच भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

झापा निर्वाचन क्षेत्र–५ मा बिहीबार बिहान ११ बजेसम्म करिब २२ देखि २३ प्रतिशत मतदान भएको छ। निर्वाचन अधिकृत विदुर कुमार कार्कीका अनुसार बिहानैदेखि मतदाताहरूको उपस्थिति उत्साहजनक र मतदान प्रक्रिया शान्तिपूर्ण रहेको छ।

निर्वाचन कार्यालयले दिएको प्रारम्भिक विवरणअनुसार केही स्थानमा सामान्य भीड देखिए पनि मतदान सहज रूपमा अघि बढिरहेको छ। सुरक्षा व्यवस्था कडा पारिएको र हालसम्म कुनै अप्रिय घटना नघटेको निर्वाचन अधिकृत कार्कीले जानकारी दिए। दिउँसोपछि मतदाताको उपस्थिति अझै बढ्ने अपेक्षा गरिएको छ। यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र रास्वपाका बालेन्द्र शाह (बालेन)बीच मुख्य प्रतिस्पर्धा रहेको छ।

यो समाचारमा

काठमाडौँझापानेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओली
बालेन्द्र शाह (बालेन)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...