बीपी राजमार्गमा बसको ठक्करबाट पूर्वसैनिकको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

14
Share
Featured

काठमाडौँ

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गोलन्जोर गाउँपालिका–२ बित्तिजोरका चन्द्र श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुई वर्षअघि नेपाली सेनाबाट पेन्सन लिएर अवकाश प्राप्त गरेका श्रेष्ठले धुराबजार क्षेत्रमा साबुन उद्योग सञ्चालन गर्दै आएका थिए ।

परिवारका अनुसार श्रेष्ठ आज मतदान गर्न गाउँ जाने क्रममा स्कुटरमा यात्रा गरी रहेका थिए । सोही क्रममा बसले ठक्कर दिँदा उनको ज्यान गएको हो ।
प्रत्यक्षदर्शीका अनुसार बस गलत दिशाबाट आएर स्कुटरलाई ठक्कर दिएको बताइएको छ ।
दुर्घटनापछि श्रेष्ठको शव हाल सिन्धुली अस्पतालमा राखिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो समाचारमा

गोलन्जोर गाउँपालिकाकाठमाडौँकमलामाई नगरपालिकासिन्धुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...