निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक

Author

सजिलो पत्रिका

२०८२ फागुन २०, बुधबार

25
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको पूर्वसन्ध्यामा आज दिउँसो ३ बजे राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्; बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
  • भोलि हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थाबारे अन्तिम समीक्षा गरिनेछ र शान्तिपूर्ण तथा भयरहित वातावरण सुनिश्चित गर्न सुरक्षा निकायका प्रमुखहरूसँग छलफल हुनेछ।
  • बैठकमा देशको समग्र सुरक्षा अवस्था र निर्वाचनका लागि अपनाइएको सुरक्षा रणनीतिबारे केन्द्रित रहेर समीक्षा गरिने बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरवारमा बैठक बस्ने गरी बोलाइएको हो।

आसन्न निर्वाचनको तयारी तथा समग्र सुरक्षा व्यवस्थाबारे छलफल गर्न बैठक बोलाइएको सचिवालयले जनाएको छ। बैठकमा निर्वाचनको समयमा अपनाइने सुरक्षा रणनीति, सुरक्षानिकायको तयारी र सम्भावित चुनौतीबारे विस्तृत छलफल हुने बताइएको छ।

राष्ट्रिय सुरक्षा परिषद् मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यहरूमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव तथा प्रधानसेनापति रहने प्रावधान छ।

यो समाचारमा

काठमाडौँसुशीला कार्कीसिंहदरवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    काठमाडौं । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया किशोरी सलिना श्रेष्ठको शंकास्पद मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना सोमबार बिहान मृत फेला परेकी हुन्।प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जना साथीहरूसँग गेष्ट हाउस पुगेकी थिइन्।

    Data is loading...

    Loading brands...

    Loading footer...