निर्वाचनका लागि बाँकेको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द

Author

सजिलो पत्रिका

२०८२ फागुन २०, बुधबार

16
Share
Featured
  • प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी बाँकेको नेपाल–भारत सीमा नाका फागुन १८ राति १२ बजेदेखि फागुन २१ राति १२ बजेसम्म ७२ घण्टा बन्द गरिएको छ।
  • सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती र कडा जाँच गरिरहेका छन्, साथै सीमावर्ती गाउँपालिकाहरूमा उच्च सतर्कता अपनाइएको छ।
  • जिल्ला निर्वाचन कार्यालयका अनुसार बाँकेमा १३९ मतदानस्थल र ४०३ मतदान केन्द्र छन्; कुल ३,५०,३७१ मतदातामध्ये १,७२,२२३ महिला, १,७८,३३९ पुरुष र ९ जना अन्य मतदाता रहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी बाँकेको नेपालभारत सीमा नाकामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म जमुनाहा लगायतका सबै सहायक नाकाहरू पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए।

सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती र जाँचमा कडाइ गरेका छन्। बाँकेका तीनवटै निर्वाचन क्षेत्रका सीमावर्ती गाउँपालिकाहरूमा उच्च सतर्कता अपनाइएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार बाँकेमा १३९ मतदानस्थल र ४०३ मतदान केन्द्र तोकिएका छन्। जिल्लामा कुल ३ लाख ५० हजार ३७१ मतदाता रहेका छन्, जसमा १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार ३३९ पुरुष र ९ जना अन्य मतदाता छन्। सुरक्षा निकायले मतदान प्रक्रियालाई भयरहित बनाउन सबै तयारी पूरा भएको जनाएको छ।

यो समाचारमा

नेपालभारतकाठमाडौँबाँके
प्रतिनिधि सभा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...