काठमाडौँ।
आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्याको बदला लिन इरानले मध्यपूर्वमा भीषण आक्रमण सुरु गरेको छ। यस क्रममा इरानले सोमबार दुबईमा रहेको विश्वकै ठूलो तेल प्रशोधन केन्द्र 'अरामको' मा ड्रोन आक्रमण गरेको छ, जसका कारण साउदी अरेबियाको सरकारी स्वामित्वको उक्त रिफाइनरी बन्द गरिएको छ।
यो आक्रमणको प्रत्यक्ष असर विश्व अर्थतन्त्रमा देखिएको छ। रिफाइनरी बन्द भएसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ९.३२ प्रतिशतले बढेको छ। इरानले दुबईको रास तनुरा रिफाइनरीका साथै मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेसहरू र छिमेकी देशका विभिन्न स्थानमा समेत आक्रमण जारी राखेको छ।
इरानको यो कदमले विश्वव्यापी सुरक्षा र इन्धन आपूर्तिमा गम्भीर खतरा पैदा गरेको छ। अमेरिकासँगको प्रत्यक्ष तनावका बीच इरानले चालेको यो कदमले मध्यपूर्वमा युद्धको जोखिमलाई थप बढाएको छ।