बैंकिङ प्रणाली बाहिरबाट खर्च गर्ने उम्मेदवारलाई कारबाही गर्ने निर्वाचन आयोगको तयारी

Author

सजिलो पत्रिका

२०८२ फागुन १५, शुक्रबार

21
Share
Featured
  • निर्वाचन आयोगले चुनावी खर्च पारदर्शी बनाउन प्रतिनिधिसभा उम्मेदवार र उनीहरूका परिवारका सदस्यहरूको बैंक खातामा सूक्ष्म निगरानी सुरु गरेको छ।
  • बैंकिङ प्रणाली बाहिरबाट हुने अवैध खर्च रोक्न सबै खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्न निर्देशन दिइएको छ।
  • आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारलाई कडा कारबाही गरिने चेतावनी दिँदै जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत खर्च अनुगमन भइरहेको आयोगले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका उम्मेदवार र उनीहरूका परिवारका सदस्यहरूको बैंक खातामा सूक्ष्म निगरानी सुरु गरेको छ। चुनावी खर्चलाई पारदर्शी बनाउन र बैंकिङ प्रणालीभन्दा बाहिरबाट हुने अवैध खर्च रोक्न आयोगले यस्तो कदम चालेको हो।

आयोगले निर्वाचनसम्बन्धी सबै खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्न राजनीतिक दल र उम्मेदवारहरूलाई पटक-पटक निर्देशन दिएको थियो। यद्यपि, धेरै उम्मेदवारहरूले अझै पनि बैंकिङ कारोबारभन्दा बाहिरबाट खर्च गरिरहेको पाइएपछि आयोगले उम्मेदवारका साथै उनीहरूका परिवारका सदस्यहरूको खातामा समेत निगरानी बढाएको हो।

निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक एवं आयुक्त सगुन शमशेर जबराले बैंक खातामार्फत खर्च नगर्ने उम्मेदवारहरूलाई आचारसंहिता उल्लङ्घनको अभियोगमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्।

उम्मेदवारहरूको चुनावी खर्चको अनुगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत भइरहेको आयोगले जनाएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिताको पूर्ण पालना गर्न आयुक्त जबराले सबै सरोकारवालालाई आग्रह गरेका छन्।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...