रेनु दाहाललाई जिताउन लागेको आरोप प्रचण्डद्वारा खारेज, भने– 'तालमेलको पहल गरेको छैन'

Author

सजिलो पत्रिका

२०८२ फागुन १४, बिहिबार

14
Share
Featured
  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ मा रेनु दाहाललाई जिताउन आफूले कुनै विशेष पहल वा तालमेल नगरेको स्पष्ट पारेका छन्।
  • सामाजिक सञ्जालमा फैलिएका आरोपहरू निराधार रहेको बताउँदै उनले यस्तो कुनै वक्तव्य जारी नगरेको दाबी गरे।
  • उनले रेनुको नौ वर्षको कामको आधारमा मूल्याङ्कन हुनुपर्ने बताउँदै, नजितेमा अन्याय हुने तर्क प्रस्तुत गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ मा रेनु दाहाललाई जिताउन आफूले कुनै विशेष पहल वा तालमेल नगरेको स्पष्ट पारेका छन्। बिहीबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएका यस्ता हल्लाहरू निराधार रहेको भन्दै खारेज गरे।

प्रचण्डले भने, "मैले रेनुलाई जिताउन कुनै वक्तव्य जारी गरेको छैन र तालमेलका लागि कुनै पहल पनि गरेको छैन। यस्ता आरोपहरू बिल्कुल सही होइनन्।" यद्यपि, उनले रेनुले विगत नौ वर्षदेखि गरेको मेहनतका आधारमा उनले चुनाव जित्नुपर्ने विश्वास व्यक्त गरे। यदि उनले नजितेमा आफू र रेनुमाथि अन्याय हुने सम्भावना रहेको उनको तर्क थियो। उनले निर्वाचनमा रेनुको जित उनको कामको मूल्याङ्कनका आधारमा हुनुपर्नेमा जोड दिए।

यो समाचारमा

काठमाडौँपुष्पकमल दाहालरेनु दाहालनेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...